लगातार उच्चस्तरीय भेटमा व्यस्त भारतीय विदेश सचिव साँझ स्वदेश फिर्ता
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्केका छन् । नेपाली समकक्षी परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा हिजो बिहान भारतीय वायुसेनाको विमानमा काठमाडौं आएका उनी आज साँझ नयाँ दिल्ली फर्केका हुन् ।
उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत …