नयाँ दिल्ली सम्मेलनमा सहभागी उद्योगमत्री कोलकातामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता बन्दरगाहको अवलोकन गर्नुभएको छ । सो क्रममा बन्दरगाहका अध्यक्ष रथेन्द्र रमनलगायत उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत न्यूनीकरबारे छलफल भएको बताइएको छ ।
मन्त्री भण्डारीले भुपरिवेष्ठित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ‘ट्रान्ससिपमेण्ट मोडालिटी’, भण्डारण जाँचपासलगायत विषयमा जानकारी लिनुभएको छ । चीनबाट हल्दिया र कोलकातामा सिधा कार्गोे जहाजको व्यवस्था…