जम्बो मन्त्रीमण्डलविरुद्ध जनकपुरमा कुर्सी जुलुस
मधेश प्रदेशमा गठित २० सदस्यीय मन्त्रिमण्डलविरुद्ध जनता समाजवादी पार्टी नेपाल निकट युवा संगठनले जुलुस निकालेको छ । १२ मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गर्दै २० सदस्यीय मन्त्रिमण्डल बनाएपछि सर्वत्र आलोचना शुरु भएको छ । अनावश्यक रुपमा मन्त्री बनाएर राज्यलाई आर्थिक भार थोपरेको भन्दै समाजवादी युवा संघले आज जनकपुरमा कुर्सी जुलुस निकालेको हो ।
मधेशमा आठ जिल्ला छन् । तर जनमत नेतृत्वको सरकार २० जनालाई मन्त्री बनाएर सरकारको ढुकुटी दुरुप…