रविका पूर्व महामन्त्रीलाई २४ घण्टे स्पष्टीकरण, रास्वपा सिध्याउन खोजेको गम्भीर आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका महामन्त्री डा.मुकुल ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उनलाई साधारण सदस्यता खारेज गर्न नपर्ने कारणसहित जवाफ पेशका लागि पत्र लेखेका हुन् ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयबमोजिम स्पष्टीकरण सोधिएको बुर्लाकोटीले बताए । पार्टी प्रवक्ता र महामन्त्रीसमेत रहेका ढकाललाई रास्वपाको अनुशासन समितिले गत असार २६ गते साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।…