रविको समर्थनमा कांग्रेस नेताको सांकेतिक स्टाटस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउँदै गए कुनै पनि नेता पनि बाँकी नरहने बताएका छन् ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत अभियोग लगाएर मुद्दा दायर गरिएकोप्रति घुमाउरो असन्तुष्टि जनाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्पत्ति शुद्धिकरणको कसूरमा जसको जहाँबाट पनि मुद्दा चलाउँदा कोही बाँकी नरहने भन्दै भण्डारीले हतारमा प्रतिक्रिय…