जसपाको उद्योग विभागमा लक्ष्मण गुरुङ
जनता समाजवादी पार्टी (जसपा) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखमा लक्ष्मण गुरुङ मनोनित भएका छन् । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आज बसेको बैठकले उनलाई उक्त पदमा मनोनयन गरेको हो ।
विभागको उपप्रमुखमा धमेन्द्रकुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनौट भएका छन् । बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारी चयन गरेको बताइएको छ । योसँगै पार्टीनिकट उद्योगी व्यवसायीको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, कृषि, उद्योग,…