काँग्रेसको तरुण भेला एकाएक स्थगित
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आयोजना गरेको ‘तरुण भेला’ स्थगित भएको छ ।
केन्द्रीय समिति सदस्य र जिल्ला अध्यक्षहरुको उपस्थितिमा पुस २२ र २३ गते गर्न लागिएको भेला उक्त मितिमा नहुने भएको हो । तरुण दलका केन्द्रीय मुख्यसचिव ठानप्रसाद पोखरेलले सूचना निकालेर विशेष कारण भेला स्थगित गर्नुपरको बताएका छन् ।
‘पूर्वसूचना गरिएअनुसार नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको आयोजनामा मिति २०८१ साल पुस २२ र २३ गते हुने भनिएको दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको तरुण भेला विशेष कारणले स्थगित गरी उक्त मितिमा तरुण भेला नहुने व्यहोरा यसै सूचनामार्फत सम्बन्धित सबैमा निर्देशनानुसार जानकारी गरिन्छ’, सूचनामा भनिएको छ ।
टिप्पणीहरू