भ्रष्टाचार निवारणसम्बन्धी विधेयक सर्वसम्मत पारित

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक सर्वसम्मत पारित

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।

उपसमितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मत पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए । विधेयकमा सांसदहरुले संशोधन प्रस्ताव हालेका थिए ।

टिप्पणीहरू