तीनकुने आसपास प्रदर्शन बन्देज लगाउन निर्देशन
संसदीय समितिले अबदेखि काठमाडौँको तीनकुने आसपासको क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिन निर्देशन दिएको छ ।
आज बसेको संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकले सरकारलाई यस्त निर्देशन दिएको हो । चैत १५ को राजावादीको प्रदर्शन र त्यसले निम्त्याएको क्षेतिबारे छलफल गर्न बसेको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए ।
यसअघि समिति बैठकमा सांसदहरुले एकातिर अन्तराष्ट्रिय विमानस्थल, अर्कोतिर संसद भवन रहेको तीनकुने सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील भएकाले त्यहाँ कुनै…