कुलमानका नयाँ कुरा
कुलमान घिसिङले चाइनाबाट लिड इनर्जी बल्ब र ऊर्जा बचत गर्ने खालको पंखा खरिद गर्न भन्दै अर्थ मन्त्रालयसँग ऋण मागेका छन् । उनले प्राधिकरणमार्फत बल्ब र पंखाको व्यापार गर्ने सोचअनुसार २ अर्ब कर्जा सापटी र आयातित वस्तुमा भन्सार छुटको प्रस्ताव चुनावको मुखमा अर्थतिर अघि बढाएता पनि पैसा पाउने सम्भावना भने न्यून रहेको बताइन्छ ।
त्यसै पनि विद्युत् प्राधिकरण एउटा संस्थान हो, त्यसैले गरेको रहरलाई अर्थले सघाउने स्थिति देखिँदैन । पञ्चायतकालमा राज्यनियन्त्रित नीति लागू गरेका बेलासमेत यसरी सबै संस्था…