नेपालमा मृत्यु,भारतको जंगलमा लाश
बाघको आक्रमणबाट बितेका एक नेपालीको शव भारतको जंगलमा भेटिएको छ । नेपाल-भारत सीमावर्ती क्षेत्रको सामुदायिक बनमा निगुरो टिप्न गएकी बृध्दालाई आक्रमण गरेर बाघले भारतको जंगलमा पुर्याएको हो ।
बर्दियाको मधुवन नगरपालिका – ५ की ७५ बर्षिया नन्दकला थापा क्षेत्रीलाई हिजो सीमावर्ती क्षेत्र बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार मृतक बृध्दासहित ७/८ जनाको समूह निगुरो टिप्न गएको समयमा दशगजा क्षे…