पश्चिमा राजदूतहरु मंगलबजारमा
नेपालका लागि अमेरिकी,जर्मन र कतारका राजदूतहरु हिजो बिहान पाटनको मंगलबजार जानुभयो । उहाँहरु दिउँसोको लञ्च समयसम्म त्यहाँ रहनुभएको थियो । दिउँसो पौने २ बजेको समयमा तीनै जना राजदूत मंगलबजारबाट बाहिरिनुभयो ।
राजदूतहरु किन मंगलबजार आउनुभएको ? भनेर जनआस्थाले राखेको जिज्ञासामा पाटन दरबार संग्रहालयका एक जना अधिकारीले भने, ‘एउटा छलफल र बैठक थियो, त्यसैमा सहभागी हुनुभएको हो ।’
उनका अनुसार पाटन दरबार संग्रहालयमा काठमाडौं उपत्यका संरक्षण कोषको …