२४ सदस्यीय कर्णाली प्रदेश सभामा २० नयाँ अनुहार

२४ सदस्यीय कर्णाली प्रदेश सभामा २० नयाँ अनुहार

कर्णाली प्रदेश सभामा २० जना नयाँ सभासद् चुनिएका छन् । यसअघिका सदस्यमध्ये चार जना पुराना पनि निर्वाचित भएका छन् । २४ सिट रहेको प्रदेश सभामा सुर्खेत, डोल्पा र हुम्लाबाट ती चार जना सदस्य दोहोरिएका हुन् ।

सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नम्बर २ (क) बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (ख) बाट नेपाली काँग्रेसका जीवनबहादुर शाही तथा डोल्पा प्रदेश (क) बाट वीरबहादुर शाही पुनः निर्वाचित भएका हुन् । 

नयाँ अनुहारमा दैलेख क्षेत्र नम्बर १ (क) बाट काँग्रेसका पूर्णबहादुर खत्री र (ख) का कृष्ण बीसी छन् । सल्यान प्रदेश सभा (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी र  प्रदेशसभा (ख) मा काँग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी (ख) मा राजकुमार शर्मा नयाँ अनुहार हुन् । 

सुर्खेत क्षेत्र नम्बर १ (क) बाट विजयी नेपाली काँग्रेसका खड्ग पोखरेल, क्षेत्र नम्बर १ (ख) मा माओवादी केन्द्रका कृष्ण जीसी, दैलेख क्षेत्र नम्वर २ को (क) बाट घनश्याम भण्डारी, दैलेख २ (ख) मा एमालेका विनोदकुमार शाह, जाजरकोट प्रदेश सभा (क) मा काँग्रेसका वेदराज सिंह, प्रदेश (ख) मा निर्वाचित भएका काँग्रेसका राजीवविक्रम शाह नयाँ अनुहार हुन् ।

कालिकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत, प्रदेश सभा (ख) मा काँग्रेसका हिक्मतबहादुर विष्ट, डोल्पा प्रदेश सभा (क) मा एमालेका शेरबहादुर बुढा, हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रणसिंह परियार, मुगु (क) मा एमालेका जीतबहादुर मल्ल, मुगु (ख) मा माओवादीका मंगलबहादुर शाही, जुम्ला प्रदेश सभा (क) मा काँग्रेसका बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार चुनिएका छन् ।

टिप्पणीहरू