इरानमा र्यापरको ज्यान जोखिममा

इरानमा र्यापरको ज्यान जोखिममा

इरानमा एक जना र्यापरको ज्यान जोखिममा परेको उनको परिवारले बताएको छ ।  महसा अमिनीको मृत्युलाई लिएर त्यहाँ भएको विरोध प्रदर्शनपछि अहिले उनको विषय चर्चामा आएको छ । 

यसअघिका प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका र्यापरको परिवारले उनको ज्यान जोखिममा परेको उल्लेख गरेका छन् ।

महिलाका लागि बनाइएको कठोर पोशाक अनुशासन उल्लंघन गरेको आरोपमा राजधानी तेहरानमा सेटेम्बर १६ मा गिरफ्तार भएकी अमिनीको केही दिनपछि प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर विरोध प्रदर्शन भएको हो ।

स्थानीय र्यापर तुमाज सालेहीलाई गत महिना सरकारले गिरफ्तार गरेको हो । उनको जीवन पनि गम्भीर जोखिममा रहेको परिवारले ट्वीटमार्फत जनाएको छ । 

अमिनीको मृत्युपछि भएको प्रदर्शनमा सहभागी हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने सयौँमाथि मुद्दा लगाइएको छ । हालसम्म इरान प्रदर्शनमा ३२६ जनाको ज्यान गइसकेको छ ।

टिप्पणीहरू