चितवनमा दुईको निधन : एक जना मकैबारीमा, अर्का नारायणीमा
आज चितवनमा दुई जनाको ज्यान गएको छ । एक जनाको माछा मार्ने क्रममा नारायणीमा बगेर र अर्कोको छोराले प्रहार गरेको धारिलो हतियारबाट निधन भएको हो ।
आज दिउँसो माडी नगरपालिका ६, स्याउलीबासस्थित घर नजिकैको आफ्नै मकै बारीमा ५५ वर्षकी मायादेवी तामाङ्लाई निजका छोरा अर्जुन तामाङ्ले पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको हो । हत्यास्थल इलाका प्रहरी कार्यालय, माडीबाट ८ किलोमिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
त्यस्तै आजै दिउँसो भरतपुरको नगरबन नजिक न…