अपराध

२४ वर्षे युवायुवती साथबाट लागुऔषध बरामद

कपिलवस्तुमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका ४, चाकरचौडाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा १, वैरियाका २४ वर्षे राजन विक र कपिलवस्तु वाणगंगा २ राजपुरकी २४ वर्षीया सोनाक्सी गुरुङ रहेका छन् । उनीहरुको साथबाट लागुऔषध स्पासमो ४१ ट्याब्लेट र नाइट्रोभेट ४६ ट्याब्लेट फेला पारिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

Page 221 of 263