वृद्धाको घरमा गरगहना चोरी, सुनचाँदी पसलमा खरिद
सुन चोरी गरेर भागेका आरोपी दुई जना समातिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका,५ मस्ति घर भएकी ६८ वर्षीय हिरा कुमारी कुवरको घरबाट सुन चोरी गरेर भागेको करिब हप्ता दिनपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार २७ गते ती वृद्धाको घरबाट साढे दुई तोलाको सुनको सिक्री, ३० लालको सुनको लकेट र १५ हजार नगद चोरी भएको थियो । त्योसँगै प्रहरीले अनुसन्धान थालेको हो ।
जिल्लाको निसिखोला गाउँपालिका,७ राजकुत बस्ने ३१ वर्षीय बोम बहादुर घर्ती मगर र उनले चोरी गरेको सुन किन्ने…