टोपबहादुर र बादलका छोरालाई बिचौलियाहरुको महँगो रक्सी उपहार
नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई गिरोहका सदस्यहरुले महँगो रक्सी उपहार दिएर काम फत्ते गराउन रिझाउने गरेको खुलेको छ ।
नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सागर राई,केशव दुलाल र सानु भण्डारीले मदिराका सौखिन रायमाझी र थापालाई महँगो विदेशी रक्सी चढाएर खुशी बनाउने गरेको थाहा हुन आएको हो । काठमाडौँका दुई होटललाई भेटघाट र रकम उठाउने केन्द्र बनाएका प्रतिकले त्यहीँ …