नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुध्द चार वटा कसुरमा मुद्दा दायर (बिस्तृत विवरण सहित)

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुध्द चार वटा कसुरमा मुद्दा दायर (बिस्तृत विवरण सहित)

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुध्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागेका उनीहरुमाथि विभिन्न चारवटा कसुरमा सजाय माग गर्दै अदालतमा आरोप पत्र दायर भएको हो । उनीहरुविरुध्द राज्यविरुध्दको अपराध,संगठित अपराध, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा चलाइने बताइएको छ। 

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी,पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसीलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरेको छ ।

टिप्पणीहरू