टोपबहादुर र बादलका छोरालाई बिचौलियाहरुको महँगो रक्सी उपहार

टोपबहादुर र बादलका छोरालाई बिचौलियाहरुको महँगो रक्सी उपहार

नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई गिरोहका सदस्यहरुले महँगो रक्सी उपहार दिएर काम फत्ते गराउन रिझाउने गरेको खुलेको छ । 

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सागर राई,केशव दुलाल र सानु भण्डारीले मदिराका सौखिन रायमाझी र थापालाई महँगो विदेशी रक्सी चढाएर खुशी बनाउने गरेको थाहा हुन आएको हो । काठमाडौँका दुई होटललाई भेटघाट र रकम उठाउने केन्द्र बनाएका प्रतिकले त्यहीँ बसेर काम गर्ने गरेको र उनलाई भेट्न जाने बिचौलियाहरुले डबल ब्ल्याक लेबल रक्सी लैजाने गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

"उनले एकजना पीडितबाट नीलगिरी होटलमै १ करोड बुझेको र पछि पुन: प्रतिव्यक्ति १० लाख लाग्छ भनी होटलमै बसेर फारम भराई ३४ जनाबाट तीन करोड ४० लाख रुपैयाँ बुझेको पनि पाइएको छ ।'' 

'गौशालास्थित रोजस्टार होटलमा प्रतिवादी सागर राईसमेत बस्ने गरेकोमा सोही होटलमा प्रतिवादी केशव दुलाल,सानु भण्डारीसमेत जाने गरेको, निज प्रतिवादीहरु सानु भण्डारी, सागर राई र केशव दुलाल डबल ब्ल्याक रक्सी बोकी फरार प्रतिवादी प्रतिक थापा र प्रतिवादी टोपबहादुर रायमाझीलाई पटक-पटक भेट्न जाने गरेको भनी होटल सन्चालक रोजन खत्रीले खुलाई लेखाइदिएको कागज', अभियोग पत्रमा लेखिएको छ । 

अभियोग पत्रमा तत्कालिन गृहमन्त्री बादलको प्रमुख स्वकीय सचिव रहेका प्रतीकले नक्सालस्थित नीलगिरी होटलमा बसी रकम उठाउने गरेको पनि जनाइएको छ । उनले एकजना पीडितबाट नीलगिरी होटलमै १ करोड बुझेको र पछि पुन: प्रतिव्यक्ति १० लाख लाग्छ भनी होटलमै बसेर फारम भराई ३४ जनाबाट तीन करोड ४० लाख रुपैयाँ बुझेको पनि पाइएको छ । 

हाल फरार रहेका प्रतिकविरुध्द ठगी,संगठित अपराध, सरकारी लिखत किर्ते,राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।

टिप्पणीहरू