नर्सिङ क्याम्पस प्रमुख लाखौं भ्रष्टाचारमा मुछिए

नर्सिङ क्याम्पस प्रमुख लाखौं भ्रष्टाचारमा मुछिए

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुख प्राध्यापक मुना रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

नेकपा एमालेनिकट भ्रातृ संगठन अनेरास्ववियुले क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन हालेको छ । अनेरास्ववियु अध्यक्ष समिक बडालले पेश गरेको निवेदनमा क्याम्पस प्रमुख रानाले क्याम्पस प्रकाशन समितिको खाताबाट आफ्नो व्यक्तिगत खातामा ११ लाख ७४ हजार रुपैयाँ ट्रान्सफर गरेको दाबी छ । 

उजुरीअनुसार हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाताबाट रानाले सोही बैंकको आफ्नो व्यक्तिगत खाता नम्बर ००२००५६००८००१७ मा ११ लाख ७४ हजार रुपैयाँ ट्रान्सफर गरेकी हुन् । 

यसरी गैरकानूनी लाभ लिनुका साथै सार्वजनिक संस्थालाई हानी पुर्याई भ्रष्टाचार गरेको ठहरिएकाले अख्तियारलाई छानबिन गर्न उजुरीमा आग्रह गरिएको छ ।

यसको छानबिन गर्न चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयमासमेत उजुरी दिइएको छर उसले उदासीनता देखाएको उल्लेख गर्दै अनेरास्ववियुले भ्रष्टाचारमा संलग्न सबै पदाधिकारीलाई छानबिनको दायरामा ल्याउन पनि अख्तियारको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू