उपभोक्ता समितिको साढे ६ लाख लुटेर वडाध्यक्ष टाप, पुलिस गुहार्दै स्थानीय
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्टविरुद्ध प्रहरीमा जाहेरी परेको छ । उपभोक्ता समितिको साढे ६ लाख रुपैयाँ लुटेर वडाध्यक्ष भागेको भन्दै स्थानीयले प्रहरी गुहारेका हुन् ।
वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाहीले आपसी मिलेमतोमा खार्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लिएर भागेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनीहरुविरुद्ध आज उजुरी परेको बताइएको छ ।
हिजो दिउँसो साढे २ बजेतिर काम सकेर हिसा…