खुसुक्क छिराइएको सय केजी सुन राष्ट्र बैंकको ढुकुटीमा
अस्ति राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो अवैध सुन नेपाल राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय,सिनामंगल बाहिरबाट बरामद गरिएको ब्रेक सुसहितको सुन आज दिउँसो राष्ट्र बैंक पुर्याइएको हो ।
उक्त सुन जोख्न र गाल्न सुरक्षाकर्मीसहित राजश्व अनुसन्धान विभागका कर्मचारीहरु बैंकको बबरमहलस्थित टक्सार महाशाखा पुगेका थिए । आठ वटा बाकसमा ४० वटाको दरले हालिएको ३२० थान ब्रेक सुलाई टक्सार महाशाखाको ढुकुटीमा जस्ताको तस्तै राखिएको छ । …