दुर्गा प्रसाईंंले ओली र प्रचण्डको ‘प्रमाण’ दिने
मङ्सिर २२ गते सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट हुँदा दुर्गा प्रसाईंले पीर–व्यथा पोख्दै भने, ‘मैले के मात्रै गरिनँ, ठूला दुई कम्युनिष्ट पार्टीलाई मिलाउन लामो समय प्रयत्न गरेँ र सफल पनि भएँ । तर, त्यो एकता टिकेन । व्यवसाय गर्न मेडिकल कलेज खोलेँ । त्यसलाई अगाडि बढाउन कसैले सहयोग गरेनन् । मेरा कुराको सुनुवाइ त परै जाओस् । उच्चपदस्थहरूसँग भेट्ने मौकासमेत पाइनँ । डाक्टर गोविन्द केसीलाई मेरै मेडिकल कलेज लक्ष्य गरी सबै मिलेर सडकमा सुताए । मेरी छोरीलाई एयरपोर्टम…