अन्तिम क्षणसम्म केपी ओलीसँग जुध्ने दुर्गा प्रसाईंको उद्घाेष
विवादास्पद मेडिकल व्यवासायी दुर्गा प्रसाईंले शरीरमा एक थोपो रगत रहुन्जेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले अदालत पुर्याउन भ्यानमा चढाउनुअघि उनले यस्तो बताएका हुन् ।
‘तस्करहरुविरुद्ध लड्दा मैले आज यो भोगेको छु’, उनले भने, ‘केपी ओलीसँग नि एक थोपो रगत हुञ्जेलसम्म लड्छु क्या !’
केही प्रहरीले प्रसाईंको दुई हात समातेर भ्यानमा बसाल्न खोजेका थिए । तर उनले हात झट्कार्दै थपे, ‘पक्रेजस्तो नगर्नुस् न या…