राजेन्द्र स्थापित

सुन्नुभएको छ यस्तो मान्छेको करामत ?

खुंखार तानाशाह इदी अमिनका सनकको बयान गरी साध्य छैन । भनिन्छ, उनीजति बर्बर शासक जन्मेकै छैन । भिरिंगी रोग लागेका उनले शत्रुहरूको विनाश कसरी गर्थे, यातना दिएर कसरी मार्थे, यहाँसम्म कि शत्रुका लाशलाई टुक्राटुक्रा पारेर फ्रिजमा राखेर काँचै खाने गर्थे । त्यसैले उनलाई कतिपयले नरभक्षी शासकसम्म भन्न थाले । हाकाहाकी भन्थे– ‘मलाई मासु धेरै मन पर्छ र सबैभन्दा धेरै त मान्छेको मासु मन पर्छ किनभने यस्तो मासु नुनिलो हुने भएकाले स्वादिष्ट हुन्छ ।’ उनले आफ्नै एक जना म…