चौधरीका सिइओ करेन्टद्वारा चोरिए
मुगु कर्णालीको झण्डै २ हजार मेगावाट क्षमतायुक्त जलविद्युत् लाइसेन्स कौडीको भाउमा हात पारेर करोडौं डलरमा बेच्ने विनोद चौधरीको चाहनामा ‘ब्रेक’ लागेको छ । गत असारमा दीपक खड्कालाई ऊर्जामन्त्री बनाउनुको धेरैवटा कारणमध्ये विना प्रतिस्पर्धा रातारात चौधरीको सिजी कम्पनीलाई १९०२ मेगावाट क्षमतावाला मुगु कर्णालीको लाइसेन्स दिलाउनु पनि हो भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।
यसअघि उनै खड्कालाई बोकेर चौधरीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला–२ जलव…