विनोद चौधरीलाई पैसा चाहिएन

डलर अर्बपतिका नामले चिनिने नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अधिकार सम्पन्न हुने रहर गरेका छन् ।  

संसद बैठकमा कमै उपस्थित हुने उनले आज प्रतिनिधि सभाको बैठकमा त्यस्तो इच्छा सुनाएका हुन् । संसद विकास कोषको सन्दर्भ कोट्याउँदै चौधरीले पैसा भन्दा पनि सांसदहरुलाई अधिकार बढाउनुपर्नेमा जोड दिए । 

उनका नुसार आफ्नो क्षेत्रका अधुरा परियोजनालाई पूरा गर्न सांसदलाई पैसा हैन,अधिकार भए पुग्छ । आफ्नो निर्वाचन क्षेत्रमा ट्याङ्की बनेको १० वर्ष पुग्दा पनि पाइपको अभावमा जनताले पानी खान नपाएको बताउँदै अर्बपति सांसदले अरु पनि यस्ता कैयौँ उदाहरण रहेको जिकिर गरे । 

जननिर्वाचित सांसदले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका योजनालाई मूल्याङ्कन,अनुगमन र बजेट अभावको खण्डमा सम्वद्ध मन्त्रालयले हात बलियो नपारिइदिए शृङ्खलावद्ध ढङ्गबाट विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने चौधरीको तर्क छ । 

टिप्पणीहरू