विदेशी ठग्ने लामिछानेको हकमा अन्य आदेश
डलर अर्बपति शेष घलेको नक्कली भाइ बनेर चिनियाँ ब्यापारीसहित दर्जनौंलाई ठगेको अभियोगमा जेल चलान भएका गमबहादुर लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य आदेश भएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्य आदेश गरेको हो ।
हाल कारागार कार्यालय,नुवाकोटमा सजाय काटिरहेका उनले उच्च अदालत, पाटन र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाउँदै गत असार ३१ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । दर्ता नम्बर ०८१–डब्ल्युए…