डिजिटल विज्ञापन गर्न चाहनेलाई ३५ दिने सूचना
काठमाडौं महानगरपालिकाले डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति तथा संस्थासँग ३५ दिने आवेदन मागेको छ ।
आज सूचना प्रकाशित गर्दै महानगरले आफ्नो क्षेत्रभित्र घरजग्गा वा बाह्य विज्ञापनयोग्य अन्य संरचनाको स्वामित्व वा लिजमा लिएको भोगाधिकार प्राप्त व्यक्तिले त्यस्तो घरजग्गा, जग्गा वा अन्य भौतिक संरचनामा कुनै वस्तु वा सेवाको प्रचारप्रसार गर्न इच्छुक भएमा ३५ दिनभित्र निवेदन दिन माग गरेको हो ।
इच्छुक व्यक्ति, फर्म, संघसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइक…