प्रधानमन्त्री प्रचण्ड बसेकै होटलमा भारतीय विदेश सचिव र सुरक्षा सल्लाहकारको भेटवार्ता
भरतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको छ ।
आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले होटेल मौर्यमा पुगेर भेट गरेका हुन् । प्रधानमन्त्री सोही होटलमा बस्नुभएको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थि…