प्रचण्डबिनै ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भेटवार्ता जारी छ ।
ओली र देउवाबीच समसामायिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले गरिरहेको संसद अवरोध सम्बन्धमा छलफल केन्द्रित रहेको बताइन्छ ।
प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भनिए पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने बैठकमा उपस्थिति छैन ।
टिप्पणीहरू