खराब मौसमका कारण बालुवाटारमा नागरिकता बाँड्ने कार्यक्रम प्रभावित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण हिजो राति धनगढीमा बसेर आज बिहान राजधानी फर्कनुभएको छ । समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न र अन्य कार्यक्रममा सहभागी हुन जानुभएका प्रधानमन्त्री हिजो राति धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्नुभएको हो ।
साँझ साढे ७ बजेको श्री एअरलाइन्सको नियमित उडानमा काठमाडौं आउन धनगढी विमानस्थलमा पुग्नुभएका प्रधानमन्त्री मौसममा आएको खराबीपछि उडान स्थगित पश्चात् बैंकको अतिथि गृह पुग्नुभएको हो । उहाँ जनता समाजवादी पार्ट…