खराब मौसमका कारण बालुवाटारमा नागरिकता बाँड्ने कार्यक्रम प्रभावित

खराब मौसमका कारण बालुवाटारमा नागरिकता बाँड्ने कार्यक्रम प्रभावित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण हिजो राति धनगढीमा बसेर आज बिहान राजधानी फर्कनुभएको छ । समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न र अन्य कार्यक्रममा सहभागी हुन जानुभएका प्रधानमन्त्री हिजो राति धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्नुभएको हो ।

साँझ साढे ७ बजेको श्री एअरलाइन्सको नियमित उडानमा काठमाडौं आउन धनगढी विमानस्थलमा पुग्नुभएका प्रधानमन्त्री मौसममा आएको खराबीपछि उडान स्थगित पश्चात् बैंकको अतिथि गृह पुग्नुभएको हो । उहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित १४ जनाको टोलीसँगै राजधानी फर्कन लाग्नुभएको थियो ।

यादवलगायत अन्य नेता तथा कार्यकर्ताहरु नजिकैको होटल डिभोटीमा बास बसेका थिए । आज बिहान भएको उक्त विमान कम्पनीको उडान नम्बर एसएचए २२६ मा प्रधानमन्त्री ८ बजे काठमाडौं आइपुग्नुभएको हो ।

यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ७ बजे गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण गर्ने कार्यक्रम राखिएको थियो । प्रधानमन्त्रीको उडान प्रभावित भएपछि उक्त कार्यक्रम डेढ घण्टा पछाडि धकेलिएको हो ।

टिप्पणीहरू