अजय गोर्खाली

व्यवसायीको घरमा मन्त्रीसँग भलाकुसारी

कृषिमन्त्री चितवन आएको मौकामा यहाँका व्यवसायीहरुले प्रत्यक्ष भेटेर भलाकुसारी गर्ने अवसर पाए । कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसाल हालै केही दिनअघि राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको उद्घाटन गर्न चितवन आएका थिए । सो अवसरमा यहाँका किसान तथा सम्पूर्ण व्यवसायीहरुको आफ्नै साझा घर उद्योग वाणिज्य संघ–चितवनमा मन्त्रीलाई निम्त्याएर कृषि क्षेत्रको अवस्थाबारे छलफल गरिएको थियो । वर्तमान अवस्थामा कृषि क्षेत्रको सुधारका लागि आवश्यक कामहरु सम्बन्धमा मन्त्रीको ध्यानाकर्ष…