​हामी जे भन्न नेपाल आएका छौं

  • खेम शर्मा 

जनवरी १ मा उद्घाटित भिजिट नेपाल २०२० को राष्ट्रिय अभियानमा सहभागी हुन् कंगारुको देशबाट केही नेपाली र अस्ट्रेलियन सहभागी भएका छौं । शुरुमा यो केही व्यक्तिबीचको बहस मात्रै थियो । गैरआवासीय संघले औपचारिकता दिएपछि ठोस रूपमा यसको काम शुरु भयो । 
कुनै पनि समाजको विकासका लागि देशभित्रको जनशक्ति र साधन–स्रोत मात्रै पर्याप्त हुँदैन । छिमेकी भारतको विकास निर्माणमा गैरआवासीय भारतीयको ठूलो भूमिका भएको बेला–बेला त्यो देशका प्रधानमन्त्रीले पनि दोहो¥याएका छन् ।

अघिल्लो दशकको मध्यतिर नेपालमा आएको महाभूकम्पका बेला राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपालीले गरेको योगदान महŒवपूर्ण छ ।

यतिबेला त्यो बेलाको जस्तै सेवा भावको स्पिरिट फेरि पैदा गर्नुपर्ने अवस्था छ । देशले व्यहोर्ने विपत्तिमा त हामी सधैँ सँगै छौ नै ! राष्ट्रिय समृद्धिका अभियानमा पनि सहभागी हुन भिजिट नेपाल २०२० को उद्घाटन हुने दिन जनवरी १ नै महŒवपूर्ण साइत थियो । हामी एनआरएनले गर्व गरांै कि राष्ट्रिय साइतमै एनआरएन अष्ट्रेलियाको ब्यानर बोकेर नेपाल आइपुगेका छांै ।

हामीले यो यात्रालाई आफू सहभागी हुनेमा मात्रै सीमित राखेनौं । भ्रमण दलका सदस्यले आफंै सल्लाह गरेर कम्तीमा तीन ठाउँ समाजसेवी काम पनि गरेका छांै । धुलिखेलमा नेपाल घुम्न आएर यहाँ जीवन गुमाएका पर्यटकको स्मृतिमा पार्क निर्माण गर्ने प्रस्ताव नेपाल नगरपालिका संघका अध्यक्षसँग राख्यांै र उहाँ धुलिखेल नगरपालिकाभित्र त्यस्तो पार्क बनाउन सहमत हुनुभयो । धुलिखेल नगरपालिकाले आफ्नै जग्गामा आधा लगानी गरेर हामीसँँग सहकार्यको हात बढायो । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले पनि हाम्रो व्यक्तिगत पहललाई संस्थागत ग¥यो र अब यो दुई संस्थाबीचको सहकार्यमा सम्पन्न हुँदै छ ।

प्रवासमा भएका नेपालीलाई नेपालका खबरले सुसूचित गर्ने र नेपालसँग सधैँ जोडी राख्ने काम नेपालका आमसञ्चारमध्यमले गरेका छन् । देशका विभिन्न कुनामा रहेर वा पुगेर सञ्चारकर्मीले यहाँका खबर विश्वभर बस्ने नेपालीबीच पु¥याएका छन्, हामीले त्यो कुराको सम्मानस्वरूप भिजिट नेपालको पूर्वसन्ध्यामा अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसनको सल्लाहमा नेपाल पत्रकार महासंघमार्फत सातै प्रदेशका सात जना पत्रकारलाई लेखन वृत्ति दिने घोषणा गरेका छौँ ।

हामी यो यात्राका क्रममा अहिले पोखरामा छौँ । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलको नेतृत्वमा हामीलाई न्यानो स्वागत मात्र होइन, माननीय प्रदेश प्रमुखसँग भेटघाट र अन्तरक्रियाको अवसर पनि प्राप्त भयो । गण्डकी प्रदेशले यो वर्ष १० लाख पर्यटक बोलाउने लक्ष्य लिएको रहेछ, हामीलाई प्रदेश प्रमुखले लक्ष्य पूरा गर्न प्रवासमा प्रचारमा जुटिदिन सुझाव दिनुभयो । हामी उक्त  लक्ष्य पूरा गर्न जिम्मेवारीमा खट्ने प्रतिबद्धता व्यक्त गर्दछाँै ।

त्यस्तै, नेपालमा विकासको नमुनास्वरूप धुर्मुस–सुन्तली फाउण्डेशनको पहलमा जनस्तरमा निर्माण भइरहेको भरतपुरस्थित क्रिकेट रंगशाला आधुनिकताको एक नमुना  हो र खेल पर्यटनको सम्भावित भावी ठूलो नमुना पनि हो । त्यहाँको नमुना ग्राउण्डमा मैत्रीपूर्ण खेल खेल्नु र रंगशाला निर्माणमा केही रकम सहयोग गर्नु आफंैमा उदाहरणीय काम हो ।

यसबाहेक नेपालका केही पर्यटकीय नगर घुम्नु, नीति–निर्माण तहको नेतृत्वलाई भेट्नु र देश निर्माणमा सधँँै ऐक्यबद्धता छ भन्दै हौसला दिनु हाम्रो यो भ्रमणको उद्देश्य हो । राष्ट्रिय अभियानकै दिनसात समुद्रपारिबाट आफ्नो परिवार, व्यवसाय वा निजी कतिपय प्रतिबद्धता त्यागी सामेल हुनु, देशभित्रै आफ्नो थैलीले भ्याएसम्म केही नमुना काम गर्नु पक्कै पनि उदाहरणीय कुरा हुन् । 

हाम्रो अभियानको महŒव यसकारण पनि छ कि यो अभियान अहिले एक देश र एउटा टिमबाट शुरु भएको छ । यदि, यही अभियान यो वर्षभरि मात्रै हाम्रो सञ्जाल भएको ७७ देशमा फैलियो भने कम्तीमा ७७ वटा हाम्रै सञ्जालका अभियान टिम बन्छन् र यही हिसाबले ३ काम मात्रै गर्दा २३१ वटा नमुना काम हुन्छन् । अष्ट्रेलियाका नेपाली समुदायको कुरा गर्दा न्यु साउथ वेल्समामा झण्डै सय सामाजिक संस्था छन् । अष्ट्रेलियाभरि अझै बढी छन् ।

 अष्ट्रेलियाबाट मात्रै वर्षभरि प्रत्येक सामाजिक संस्थाले नेपाल भ्रमणको योजना र केही नमुना सहयोगको सामुहिक योजना बनाउने हो भने सयवटा समूह नेपाल भ्रमणमा जान सक्छन् र तिनले तीन सय वटा नमुना काम गर्न सक्छन् । यो नमुना विश्वभरि लागू हँुदा ७ हजार ७ सय भ्रमण दल बन्न सक्छन् र तिनले कम्तीमा २३ हजार १ सय नमुना काम गर्न सक्छन् । गैरआवासीय वा प्रवासी नेपालीहरूलाई मात्रै यो वर्षभरि मातृभूमिको भ्रमण गरांै, सकेको नमुना सामुहिक काम गरौं भन्ने प्रेरणा र उत्साह दिन सकियो भने नयाँ दशक प्रवासी नेपालीलाई जागरणको दशक हुनेछ र नेपालमा जनताको पहलमा लाखांै नमुना काम हुनेछन् ।

हाम्रो अभियान प्रवासदेखि स्वदेश र टोलसम्म जोड्ने अनि विकासमा सहकार्य गर्ने जागरण अभियान हो । विकासका स–साना काम कुनै प्रशासनिक झमेलाबिना सम्पन्न गर्न चेतना जगाउने अभियान पनि हो । भिजिट नेपाल २०२० त समय छोप्ने बहाना हो तर हाम्रो मुख्य उद्देश्य समृद्ध नेपाल निर्माणमा प्रत्येक नेपाली जो जहाँ भए पनि साझा अभियानमा जुटौँ भन्ने हो । हामीले त आँट ग¥यौं, अब अन्त भएका नेपालीले शुरु गरांै । हातेमालो गर्न हामी सधँै तयार छौं । 

टिप्पणीहरू