​साँच्चैको कथा कि फिल्मको ?

निर्माता छवि ओझा र कलाकार शिल्पा पोखरेलबीचको झगडा सबैभन्दा चर्चाको विषय बनेको छ । यो चर्चाकै बीच घटनामा अर्को ट्विस्ट आइदियो ।

छविकी पहिली श्रीमतीले बहुविवाहको आरोप लगाई मुद्दा दायर गरिन् । त्यो पनि त्यस्ती महिलाउपर जो आफैं छविलाई छाडेर जाँदै छिन् । 

अब घटना के हुन्छ ? त्यसैमा चासो भएको छ । पहिली श्रीमती साँच्चै छविकी श्रीमती नै हुन् ? हुन् भने उनले गीताञ्जली सुनुवार र रेखा थापामाथि किन मुद्दा हालिनन् ? अब छविलाई छाडेर जान लागेकी शिल्पामाथि यो मुद्दा लाग्छ कि लाग्दैन ? लाग्छ भने कसरी ? लाग्दैन भने कसरी ? 

यो त बडा पेचिलो स्थिति पो आइदियो । हैन यो निर्माता–निर्देशक छवि ओझाको घरको साँच्चैको कथा हो कि उहाँले बनाउन लागिरहेको कुनै नयाँ फिल्मको स्क्रिप्ट ? 

टिप्पणीहरू