​सुखी नेपाली, दुःखी नेपाल

यति बेला सत्तारुढ दलका वरिष्ठ नेता कमरेड माधव नेपाल सत्तारुढ नेताहरूसँग अत्यन्त रिसाउनुभएको छ । कारण हो, कुर्सी नपाउनु । हालै सम्पन्न पार्टीको स्थापन दिवसको कार्यक्रममा उहाँलाई स्थापन होइन, विस्थापन गराउने प्रयास भएको रहेछ । त्यसैले उहाँ क्रुद्ध बन्नुभएको हो । 
कार्यक्रममा उहाँ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको सँगै बस्नु पर्ने रहेछ । तर उहाँलाई अध्यक्षको सँगै होइन अलि पर राखिएछ । सँगै त कमरेड झलनाथ खनाल पो बस्नुभएको रहेछ । 

कुर्सीको यो अव्यवस्थापनले कमरेड नेपाल दुःखी बन्नुभएको छ । कमरेड नेपाल दुःखी बन्नु सानो कुरा होइन । किनभने प्रधानमन्त्री केपी ओली यति बेला सुखी नेपालीको अभियान चलाउँदै हुनुहुन्छ । जब नेपाल (माधव) नै दुःखी छ भने नेपाली कसरी सुखी हुन्छ ? यो त विचार पु¥याउनु पर्ने विषय हो । 

अब जहाँसम्म कुर्सीको एरेन्जमेन्टको सवाल छ, मञ्चमा देखियो प्रधानमन्त्री ओलीसँग कमरेड झलनाथ खनाल । यो ‘सँगै’ केवल मञ्चमा मात्रै हो कि समीकरणमै हो ? बुझ्न पाए चाहिँ हुन्थ्यो ।

टिप्पणीहरू