पृथ्वीराजमार्गमा ५ वटा गाडी पुरियो, २ जनाको मृत्यु,६ घाइते

पृथ्वीराजमार्गमा ५ वटा गाडी पुरियो, २ जनाको मृत्यु,६ घाइते

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१०, जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका-६, का अन्दाजी १८ वर्षीय वीरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

पहिरोले सवारी साधन पुरिदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका-६, का ४० वर्षीय हरिबहादुर प्रजा, चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाइते भएका छन् । घाइतेहरुको चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

अविरल वर्षासँगैको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध छ ।अवरुद्ध राजमार्ग गाउँपालिका र सडक विभागको डोजरले खुलाउने कार्य भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले जानकारी दिए ।

टिप्पणीहरू