उदयपुरमा बसको ठक्करले एकको मृत्युु
आईतबार स्कुल बसले ठक्कर दिंदा पैदलयात्रुकाे घटनास्थलमै मृत्युु भएको छ । मृत्युु हुनेमा चाैदन्डीगढी नपा १० इकराहका ६२ वर्षीय जग नारायण श्रेष्ठ हुन । खैराझाेडाबाट गाइघाटतर्फ स्कुुले बालबालिकाहरू ओसार्दै गरेकाे त्रियुगा लिटिल फ्लावर्स स्कुलको बसले उनलाई ठक्कर दिएको हाे ।
श्रेष्ठको मृत्युपछि स्थानीयले दुर्घटनास्गलमा पर्ने मदन भण्डारी राजमार्ग दुइ घण्टा जति अवरुद्ध गरेका थिए । ठक्कर दिने काे १ ख २७४८ बसका चालक साेही स्थानका रत्न बहादुर कार्कीलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिप्पणीहरू