नेकपामा कसले कार्वाही गर्ने ? कसरी कार्वाही गर्ने ?

नेकपामा कसले कार्वाही गर्ने ? कसरी कार्वाही गर्ने ?

धेरै टाढा वा अघि नजाऔं, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गतेदेखि हरेक दिन र छिनमा बोल्दै आउनुभएको कुरा असफल साबित भइसकेको छ । त्यहि दिनदेखि नजिकका नेतालाई सेटिङ्ग मिलिसकेकाले अदालतले संसद पुनर्स्थापना नगर्ने र चुनाव हुने आश्वासन दिएपनि त्यो फागुन ११ गतेदेखि छर्लङ्गै देखिइसकेको छ । उक्त फैसलाले प्रधानमन्त्रीलाई ‘राइट साइज’ मा ल्याएको धेरैले बताउन थालेका छन् । यसको अर्थ अदालतले कानुनी रूपमा तह लगाइदिएको भन्ने हो । अब नेकपाको विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगले र २३ गतेपछि संसदले तह लगाएपछि प्रधानमन्त्रीले बल्ल आफ्नो धरातल थाहा पाउने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

अहिले प्रमुख सचेतक परिवर्तन गरेर ह्वीप लगाउने चर्चा चलाउन थालिएको छ । त्यो असफल प्रयास हालै एक नम्बर प्रदेशमा पनि गरिएको छ । जहाँ सत्तापक्षले १६ जना सांसदलाई निलम्बन गरेकै छ । अनि ह्वीप पनि लगाएकै छ । तर, केही लछारपाटो लागेको छैन, उल्टै सभामुखले प्रदेश सभाको बैठक बोलाइसकेका छन् । बरु सत्ता पक्षले आफूले बोलाएको बैठक आफै बहिष्कार गरेको छ ।

त्यसैले ह्वीप लाग्ने र कारबाही हुने विषय संसदीय दलको विधान बमोजिम हुन्छ । जहाँ कुनैपनि सांसदलाई कारबाही गर्नुपर्यो भने सम्बन्धित दलको केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्छ । अहिलेको अवस्थामा प्रधानमन्त्रीको पक्षमा केन्द्रीय समितिको ४० प्रतिशत बहुमत नभएकाले संसदीय दलको नाममा गरिने कारबाहीले कानुनी मान्यता पाउँदैन । र, त्यो सम्भवसमेत छैन । सँविधानमा समेत जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानुनबमोजिम हटाएमा सांसद पद रहँदैन भनिएको छ । यसबाट के प्रष्ट हुन्छ भने अरु कुनै पनि अवस्थामा पार्टी कारबाहीबाट सांसद पद जाँदैन ।

नेकपा (बहुमत) पक्षका नेताहरू भन्छन् ‘संसदीय दल भनेको पार्टी केन्द्रीय समितिको निर्देशन पालना गर्ने एउटा निकाय हो । अहिले प्रधानमन्त्रीसँग संसदीय दलमा पनि बहुमत छैन ।”हामीहरूले पुस ८ गतेको बैठकबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी उहाँलाई हटाइसकेका छौं । यस्तो अवस्थामा आफैँ सदस्य नरहेको व्यक्तिले पार्टीका सांसदलाई निलम्बन वा कारबाही गर्ने सम्भावना नै हुँदैन । त्यसैगरी संसदीय बोर्ड वा केन्द्रीय समितिबाट त्यो कारबाहीको अनुमोदन पनि सम्भव छैन । बोर्ड अहिलेसम्म गठन नै भएको छैन । त्यसैले अहिले बालुुवाटारको तर्फबाट गरिएका चर्का भाषण र हुँकार भनेको हावामा मुड्की हानेसरह मात्रै हो ।’नेकपा अनुशासन आयोग अध्यक्ष अमृत बोहरा भन्नुहुन्छ ।

नेकपाको बिधान र नियमावली तल हेर्नुहोला:

नेकपाको बिधान

file:///C:/Users/LENOVO/Downloads/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%9F-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-2075%20(2).pdf

नियमावली

file:///C:/Users/LENOVO/Downloads/NCP-Niyamawali-2075-FINAL-2075-4-4%20(1).pdf

टिप्पणीहरू