ओली पनि समातिन सक्नुहुन्छ नि : नेता पाण्डे

ओली पनि समातिन सक्नुहुन्छ नि : नेता पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउनसक्ने बताउनुभएको छ ।

मंगलबार नेकपाको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ तथा रिहाइको विषयलाई लिएर ओली पक्राउ पर्ने दिनसमेत टाढा नरहेको बताउनुभएको हो ।

उहाँले नेतृ झाँक्रीलाई ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध पक्राउ गरेपनि थुनेर राख्ने तागत नभएपछि बाध्य भएर छाडेको बताउनुभयो ।

‘रामकुमारीमाथि अभिव्यक्ति दिएकै कारणले आक्रमण गर्ने कोशिस भयो, जनताको तागतका कारण नेतृ झाँक्रीलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन,’ नेता पाण्डेले उल्लेख गर्नुभएको छ ।

म्यान्मारको हालैको सैनिक ‘कू’ को उदाहरण दिँदै यहाँका प्रधानमन्त्री पनि जनताको कब्जामा पर्नसक्ने दिन धेरै टाढा नरहेको उहाँको जिकिर छ । ‘आन्दोलनकारीसँग जोरी खोज्न थाले उहाँ (प्रधानमन्त्री) को पनि त्यस्तै हालत हुने’ नेता पाण्डेले दाबी गर्नुभयो ।

टिप्पणीहरू