सहकारीका आठ भाइ छुट्नेबित्तिकै पैसा फर्काउने सूचना
कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको निक्षेप फिर्ता गर्ने भएको छ ।
सहकारीले आज सूचना जारी गर्दै पहिलो चरणमा एक लाखभन्दा कम निक्षेप भएका बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय भएको जानकारी गराएको छ । आफ्नो बचत रहेको प्रमाण, चेकबुक, पासबुक तथा परिचयपत्रसहित कार्यालयमा भुक्तानी लिन आउन आग्रह गरिएको छ ।
‘एक लाखभन्दा कम आफ्नो बचत खातामा भएका सम्पूर्ण बचतकर्ताहरु मिति २०८२ पुस १३ गते आइतबारबाट यस सहकारी संस्थामा आफ्नो बचत रहेको प्रमाण, चेकबुक, पासबुक तथा परिचयपत्र लिई तोकिएको दिन र समयमा भुक्तानी लिन उपस्थिति भइदिनुहुन अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।
गत कात्तिक तेस्रो साता सहकारीको ८८ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा अध्यक्षसहित सञ्चालक समितिका आठ जना समातिएका थिए । प्रहरी हिरासतमा रहेका उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्ने ग्यारेन्टी गरेपछि गत मंसिर तेस्रो साता हिरासतमुक्त भएका थिए ।
हिरासतबाट छुटेको करिब एक महिनापछि सहकारीले बचतकर्ताको रकम फिर्ताको सूचना निकालेको हो ।
टिप्पणीहरू