सपनाको उजुरीमा विनय समातिँदै

सपनाको उजुरीमा विनय समातिँदै

बेवारिस लाशहरुको दाहसँस्कारजस्तो पुण्यकर्ममा जोडिएका बाबु र छोरी समान दुई समाजसेवीको आगामी सामाजिक यात्रामा पहिरो गएको छ ।

केही समयदेखि सहकार्य गर्दै आएकी सपना रोक्का मगरको किटानी जाहेरीउपर काठमाण्डौ जिल्ला अदालतले भर्खर पक्राउ पुर्जी जारी गरेसङ्गै विनयजंग बस्नेतलाई समात्न अब प्रहरीलाई बाटो खुलेको छ । म्याग्दीकी किशोरी सपनाले अस्ति शुक्रबार आफूलाई अभद्र ब्यवहार गरेको भन्दै बस्नेतविरुद्ध जिल्ला प्रहरीमा उजुरी हालेकी थिइन् ।

हिजो शनिबार भएकाले प्रहरीले आज पक्राउ पुर्जी जारी गर्न लागेको हो । बस्नेत काठमाडौंमा नभई चितवनतिर रहेको बुझिएको छ । बाबु छोरी भनिएका तर एउटी मगर थर र अर्को बस्नेत थरका दुईजनाले पोहोरदेखि सँगै बसेर बेवारिश लाश पोल्दै आएका थिए ।

यसबीच बिबिसीद्वारा सम्मानित मगरले अभद्र व्यवहारको अरोप लगाएपछि बस्नेतले सामाजिक सञ्जालमा लामो समयदेखि सपनाले आफूसँग रमाईलो गरेको भन्दै पोज पोजका तस्बिरसमेत पोष्ट गरेको बताइन्छ ।

टिप्पणीहरू