मरिणमा पर्सि बिदा

मरिणमा पर्सि बिदा

सिन्धुलीको मरिण गाउँपालिकाले पर्सि सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होसारको उपलक्ष्यमा त्यहाँ बिदा दिइएको हो । 

सो दिन पालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । 

पालिकाको सूचनामा भनिएको छ, ‘२०८२ माघ ४ गते आइतबारका दिन तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको उपलक्ष्यमा यस गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा शिक्षण संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’

प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन तामाङ समुदायले नयाँ वर्षको आरम्भको रुपमा सोनाम ल्होसार पर्व मनाउने गर्छन् । यो वर्ष माघ ५ गते ल्होसार मनाइँदैछ ।

टिप्पणीहरू