सशस्त्रको पोशाक ल्याउन किन भैरहेछ आलटाल ?
सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को लेखामाथि म्यादी प्रहरी (निर्वाचन प्रहरी) को पोशाकमा अनियमितता गर्न लागेको आरोप छ । फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक पोशाकको निम्ति सरकारले बजेट छुट्याए पनि उक्त बजेट तल्लो निकायमा पठाउन ढिलो गरिएको छ ।
म्यादी प्रहरीको पोशाकका लागि बजेट प्राप्त भइसकेको अवस्थामा पनि मातहतका कार्यालयहरू (बाहिनी,गण र गुल्म) मा हालसम्म बजेट पठाइएको छैन । बजेट निकासाको ढिलाइपछि वरिष्ठ प्रहरी उपरीक्षक होम ज्ञवालीमाथि अनेक आशंका गरिएको हो ।
उनीमाथि बजारमा आफू निकट निश्चित आपूर्तिकर्तालाई मात्र पोशाकका सामानहरू संकलन गर्न गोप्य निर्देशन दिइएको आरोप छ । अन्तिम समयमा मात्र बजेट निकासा गर्दा अन्य आपूर्तिकर्ताले सामान जुटाउन नसक्ने हुन्छ ।
लेखा शाखालाई मात्रै गोप्य रूपमा परिचालन गरिएको र यसअघि पनि आपूर्तिकर्ता प्रल्हाद अधिकारी निर्देशित खरिदमा मुछिएकाले अहिले सोही घटना पुनरावृत्ति हुन लागेको गाईंगुईं हलचोक वरपर सुनिन थालेको छ ।
टिप्पणीहरू