पराजितलाई झन् धेरै जिम्मेवारी
नेकपा (एमाले)का नेता विष्णु रिमालले पार्टीमा तीन वटा महत्वपूर्ण जिम्मेवारी पाएका छन् । हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव लडेर पराजित भएका उनलाई आज बसेको सचिवालयले पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष बनाएको छ ।
बैठकले यसअघि वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेतृत्व सम्हाल्दै आएको प्रतिष्ठानको नियमावली संशोधन गर्दै रिमाललाई प्रमुख बनाउने निर्णय गरेकाे हाे । उनलाई पार्टीको घोषणापत्र मस्यौदा समितिमा पनि राखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उक्त समितिले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि घोषणापत्र तयार पार्नेछ ।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन परिचालन समितिमा पनि रिमाल समेटिएका छन् । उनलाई सचिवको जिम्मेवारी दिइएको छ ।
अध्यक्ष ओलीक विश्वासपात्र मानिने उनले चुनाव हारे पनि महत्वपूर्ण जिम्मेवारीहरू पाएका हुन् ।
टिप्पणीहरू