मूलद्वारमा नाराबाजी, मुख्यालयभित्र छ्याप्छ्याप्ती

मूलद्वारमा नाराबाजी, मुख्यालयभित्र छ्याप्छ्याप्ती

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरु वैकल्पिक बाटोबाट केन्द्रीय कार्यालय छिरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहका नेताहरुलाई स्वयंसेवक र प्रहरीले मूलगेटमा रोकेपछि उनीहरू अर्कै बाटोबाट भित्र छिरेका हुन् । 

बिहान ११ बजे राखिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक यो समाचार तयार पार्दासम्म पनि सुरु हुन सकेको छैन । केही नेताहरुले संस्थापन पक्षले पार्टी कार्यालय कब्जा गर्न खोजेको भन्दै गेटबाहिर नाराबाजी गरेका छन् । केही नेताहरु पछाडिको गेटबाट भित्र छिरेको बताइन्छ ।

महामन्त्रीद्वय थापा र शर्मा समूहले पुस २७ र २८ मा विशेष महाधिवेशनको आह्वान गरेका छन् । उनीहरुले संस्थापन पक्षले त्यसलाई रोक्न हर–तरहको प्रयास गरेको आरोप लगाएका छन् । काँग्रेस मुख्यालय, सानेपा क्षेत्रको वातावरण मध्यान्हदेखि तनावग्रस्त बनेको छ ।

टिप्पणीहरू