ओलीको बयानबारे महेश बस्नेतको व्याख्या

ओलीको बयानबारे महेश बस्नेतको व्याख्या

भदौ २३ र २४ गतेको घटनामा बयान लिन गुण्डु पुगेको जाँचबुझ आयोगको टोलीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टै प्रश्न गरेका छन् । मुलुकमा विध्वंश मच्चिरहँदा आयोगकै अध्यक्ष गौरीबहादुर कार्कीले समाजिक सञ्जालमार्फत् आपत्तीजनक अभिव्यक्ति दिएको सन्दर्भ औल्याउँदै उनले कसरी निपक्ष प्रतिवेदन तयार हुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।

सचिव महेश बस्नेतका अनुसार ओलीले मुख्यतया ६ वटा विषयलाई केन्द्रमा राखेर लिखित बयान दिएका छन् । गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा ओलीले आशंका व्यक्त गरेको बस्नेतले बताएका छन् । ओलीको लिखित बयानलाई बस्नेतले ६ बुँदा यसरी सार्वजनिक गरेका छन्ः

१. २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।
२. आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।
३. आन्दोलन गर्ने अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको।
४. २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।
५. २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।
६. गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।

टिप्पणीहरू