रास्वपाले तोकेको २५ हजार बुझाउन मोरङमा १६ जना तयार

रास्वपाले तोकेको २५ हजार बुझाउन मोरङमा १६ जना तयार

आगामी चुनावअघि नै बहुमतको माहोल बनेको चर्चा चलाइएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङमा चुनावी प्रतिस्पर्धामा उत्रिन इच्छुकहरूको संख्या बढ्दै गएको छ। फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट १६ जनाले उम्मेदवारीका लागि निवेदन दर्ता गराएका छन्।

रास्वपा मोरङका कोषाध्यक्ष सन्तोष सिंहका अनुसार क्षेत्र नम्बर १ र २ बाट तीन–तीन जना, क्षेत्र नम्बर ३ बाट तीन जना, क्षेत्र नम्बर ४ बाट तीन जना, क्षेत्र नम्बर ५ बाट दुई जना तथा क्षेत्र नम्बर ६ बाट दुई जनाले उम्मेदवार बन्न निवेदन दिएका हुन्।

पार्टीले आन्तरिक निर्वाचन (प्राइमरी इलेक्सन) पछि मात्रै उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवार बन्न चाहनेले अनलाइन फाराम भरेपछि यदि एक जना मात्र उम्मेदवार परेमा उनी निर्विरोध चयन हुनेछन् । तर एकभन्दा बढी उम्मेदवार भएमा प्राइमरी इलेक्सनमार्फत छनोट गरिने रास्वपाले जनाएको छ ।

रास्वपाले समानुपातिक उम्मेदवारका लागि ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार रुपैयाँ निवेदन दर्ता शुल्क तोकेको छ।

टिप्पणीहरू